एम्बाप्पेको गतिमा बाधा नगरे मेस्सीलाई कठिन, यस्तो हुनसक्छ फाइनलको नतिजा (विश्लेषण)-Sutra News

एम्बाप्पेको गतिमा बाधा नगरे मेस्सीलाई कठिन, यस्तो हुनसक्छ फाइनलको नतिजा (विश्लेषण)

शुक्रबार, १ पौस २०७९

शुक्रबार, १ पौस २०७९

काठमाडौं– डिसेम्बर १८ मा अर्जेन्टिनाले सन् २०२२ को विश्वकपको फाइनलमा फ्रान्सको सामना गर्नेछ।



यो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा ठूलो खेल हो र विजेता टोलीले खेलको सबैभन्दा प्रतिष्ठित पुरस्कार प्राप्त गर्नेछ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, यथार्थमा इतिहासको सबैभन्दा महान पुरुष खेलाडीले यो विश्वकपमा आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन्।

‘अर्को विश्वकप आउन धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि मैले खेल्न सक्नेछु’, लियोनल मेसीले क्रोएसीयासँगको खेलपछि भनेका थिए।

३५ वर्षीय मेस्सीका लागि यो पाँचौं विश्वकप हो र आइतबारको फाइनल प्रतियोगितामा उनको २६ औं उपस्थिति हुनेछ। मेस्सीले २०१४मा फाइनलमा हारेका थिए। यस पटक अर्जेन्टिनाका खेलाडीहरू आफ्नो कप्तानको सपना पूरा गर्न आतुर छन् भन्ने भावना छ।

धेरै फुटबल प्रेमीहरू मेस्सीले आफ्नो हातमा ट्रफी लिएर आफ्नो विश्वकप करियर समाप्त गरुन् भन्ने चाहन्छन्।

उता, फ्रान्सका केलियन एमबाप्पेले आफ्नो दोस्रो विश्वकप र पहिलो गोल्डेन बुट जीत्ने खेल खेलीरहेका छन्। गोल्डेन बुटका निम्ति मेस्सी पनि अग्रपंक्तिमा छन्।

वर्तमान च्याम्पियन फ्रान्सले ६० वर्षअघि ब्राजिलपछि लगातार विश्वकप जित्ने पहिलो राष्ट्र बन्ने लक्ष्य राखेको छ।

मेस्सी र एमबाप्पे निस्सन्देह आ–आफ्नो टोलीका स्टार हुन्।

भिडिओ रिपोर्ट हेर्नुहोस्

फ्रान्सका कप्तान ह्युगो लोरिस आत्मविश्वासी देखिएका छन् र आफ्नो सामान्य एथलेटिक शट रोक्ने क्षमता प्रदर्शन गरेका छन्। अर्जेन्टिनाका इमिलियानो मार्टिनेज पनि बलियो छन् र पेनाल्टी विशेषज्ञको रूपमा परिचय स्थापित गरेका छन्।

यी दुवै टोलीका खेल इतिहासलाई विश्लेषण गर्दा मेस्सीका लागि एमबाप्पेलाई रोक्न उनको विस्फोटक गतिमा बाधा नहाली हुँदैन।

अर्जेन्टिना र फ्रान्सको अन्तर्राष्ट्रिय मञ्चमा १२ पटक भेट भइसकेको छ। यी मध्य ८ वटा मैत्रीपूर्ण भेट भएका छन् भने विश्वकपमा तीन पटक र एक चोटीचाहिँ इन्डिपेन्डेन्स कपमा भेट भएको थियो। अर्जेन्टिनाले यी भेटमा ६ जीत निकालेको थियो भने तीन पराजयसहित चीनचाहिँ बराबरी खेलेको थियो।

पछिल्लो १५ बर्षमा तीन खेल खेलिसकेका यी दुवै टोलीको फाइनलमा चौथो भेट हुन लागेको हो। ९२ बर्षको दौरानमा भने यी टोलीको १३औं भेट हुनेछ।

पछिल्ला तीन खेलमा अर्जेन्टिनाका दुई जीत र एक पराजय छन्। डिफेन्डिङ च्याम्पियन फ्रान्सले साबिकको विश्वकपमा अर्जेन्टिनामाथि ४–३ को जीत निकालेको थियो। तर, २००७ र २००९ मा भने अर्जेन्टिनाले क्रमश १–० र २–०को जीत निकालेको थियो।

अर्जेन्टिनाले फ्रान्सविरुद्ध ४–४–२, राइट टु लेफ्टको लाइनअपमा मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, अकुना, परेडेज, डी पाउल, क्याक एलीस्टर, मेस्सी र अल्भारेजलाई सुरुआती ११ मा खेलाउने सम्भावना रहेको छ। घाइते भएका कारण गोमेज मैदानमा हुनेछैनन्।

घाइते भएका कारण सेमीफाइनलमा मैदान नछिरेका डि मारियाले पनि फाइनलमा स्थान पाउने सम्भावना रहेको छ।

उता, फ्रान्स तेस्रो विश्वकप उठाउने लयका सात सुरुआती ११ मा ४–३–३, राइट टु लेफ्टको लाइनअपमा मैदानमा उत्रिन सक्ने अनुमान गरिएको छ। लोसिर, काउन्डे, भराने, कोनाटे, हर्नान्डेज, ग्रिजम्यान, चौमेनी, रावियोट, डेम्बेले, जिरुड र एम्बापेसहितको टोली मैदानमा उत्रिने सम्भावना छ। तर, हर्नान्डेज घाइते भएका कारण उनको स्थानमा रिप्लेसमेन्ट हुने सम्भावना पनि रहेको छ।

फुटबलसम्बन्धी विश्लेषण गरिरहेका विभिन्न एजेन्सीले यो खेलको परिणाम ९० मिनेटसम्म १–१ को बराबरी हुने अनुमान गरेका छन्। १२० मिनेटभित्र निर्णय हुने बताइए पनि स्कोरचाहिँ यकिनका साथ किटान गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट