धादिङ जेसिसको अध्यक्षमा उप्रेती चयन-Sutra News

धादिङ जेसिसको अध्यक्षमा उप्रेती चयन

शुक्रबार, १ पौस २०७९

शुक्रबार, १ पौस २०७९

धादिङ जेसिसको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि नयाँ कार्यसमिति चयन भएको हो ।



नयाँ कार्यसमितिको अध्यक्षमा अचुत उप्रेती, कार्यकारी उपाध्यक्षमा अरविन रूपाखेती र अकुर रूपाखेती चयन भएका छन् भने अन्य उपाध्यक्षहरुमा अजित यादव, राजेश भट्टराई, नमराज राई र सुवास गजुरेल चयन भएका छन्।

यस्तै महासचिवमा सरोज गजुरेल, कोषाध्यक्षमा अजय आचार्य र कानुनी सल्लाहकारमा विवेक भण्डारी चयन भएको वर्ष २०२२ का कार्यकारी उपाध्यक्ष अरविन रूपाखेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट