चीनमा उपचार गरिरहेका वर्षमान पुनको स्वास्थ्य अवस्था कस्तो छ ?-Sutra News

चीनमा उपचार गरिरहेका वर्षमान पुनको स्वास्थ्य अवस्था कस्तो छ ?

शुक्रबार, १ पौस २०७९

शुक्रबार, १ पौस २०७९

काठमाडौं – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ ।



पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ । एक वर्षअघि पनि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनी चीन गएका हुन् ।

यसअघि उनकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार गरिएको थियो। अहिले पनि उनकाे साेही अस्पतालमा उपचार भइरहेकाे छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट