राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बलात्कारसम्बन्धी विषयमा दिएको अभिव्यक्तिले विवादमा परेकी छन् । चार बर्ष अघिको भिडियो सामाजिक संजालमा भाइरल भएपछि उनको चौतर्फि आलोचना भएको छ ।
बलात्कारका विषयमा बोलेको उक्त भिडियोलाई लिएर आलोचना भएपछि उनले सामाजिक संजालबाटै गल्ती स्वीकारेकी छन् ।
उनले ट्विटरमा लेखेकी छन्, ‘यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो । त्यस कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरूले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु ।’
सोविताले यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापनामा सहज हुनसक्ने आफ्नो आशय रहेको प्रष्ट पारेकी छन् ।
उनले भनेकी छन्, ‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकि, अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’
अध्ययन र अनुभवले बुझाइ अहिले परिष्कृत भएको भन्दै उनले चार वर्षअघिको त्यो उदाहरण अब प्रयोग नगर्ने बताएकी छन् । ‘पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो’ उनले भनेकी छन् ।
यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो ।
त्यस कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरुले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु ।— सोबिता गौतम (@sobita465) December 17, 2022