![Prakashman-sing](https://www.sutranews.com/wp-content/uploads/2022/07/Prakashman-sing.jpg)
![प्रधानमन्त्री भएँ भने मुलुककै कायापलट हुन्छः प्रकाशमान सिंह](https://www.sutranews.com/wp-content/uploads/2022/07/Prakashman-sing.jpg)
नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । शंखमुलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको बताएका हुन्।
सिंहले आफु प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास रहेको बताए । तर, त्यसका लागि जनता र आफूले चाहँदैमा नहुने उनको भनाइ थियो।
‘उनले भने– ‘म जनप्रतिनिधि हुँ । म पदमा जाऊँला नजाऊँला । तर, जनप्रतिनिधिको पद त छ नि मसँग । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु । तर प्रधानमन्त्री भएँ भने त मैले भने नि देशको कायापलटै गर्न सक्ने आत्मविश्वास ममा छ ।’
सिंहले आफू प्रधानमन्त्री नभई मन्त्री मात्रै भए पनि काठमाडौँ १ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको पनि बताए ।
उनले प्रधानमन्त्रीको उम्मेदवारका लागि पार्टी संसदीय दलको निर्वाचनमा भाग लिने संकेत गरे ।
‘