जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्रोएसिया तेस्रो भएको छ।
शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो। खेलको पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियाले २-१ गोलको अग्रता बनाएको थियो।
खेलमा क्रोएसियाका जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरेका थिए। मोरक्कोका लागि अच्राफ दारीले एक गोल गरे।