![deuba](https://www.sutranews.com/wp-content/uploads/2022/12/deuba-1.jpg)
![प्रधानमन्त्रीमा दाबी गरिरहेका प्रचण्डको राजनीतिक भेटवार्ता तिव्र, कांग्रेसका उपसभापति पनि पुगे खुमलटार](https://www.sutranews.com/wp-content/uploads/2022/12/deuba-1.jpg)
काठमाडौं – सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भेटवार्तामा नै व्यस्त छन् । गत शनिवार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर नयाँ सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने प्रस्ताव राखेका थिए ।
त्यसपछि उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेर यी कुराहरु राखेका थिए । एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको उनको दाबी छ ।
सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन् । यही विषयमा ‘क्लियर’ हुन देउवाले नेपालसँग पनि उनले भेटवार्ता गरेका थिए ।
यसैबीच आइतबार प्रचण्डलाई भेट गर्न कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का खुमलटार पुगेका छन् । उनीहरुबीच नयाँ सरकार गठनकै बिषयमा कुराकानी भएको बताइएको छ । उनीहरुबीच पदहरु बाँडफाँटको बिषयमा पनि छलफल भएको जनाइएको छ ।