![1640521683_shankar pokharel-1200x560](https://www.sutranews.com/wp-content/uploads/2022/01/1640521683_shankar-pokharel-1200x560-1.jpg)
![ओली ‘म्यान अफ दी इलेक्सन’, गठबन्धन स्वार्थीहरुको झुण्ड – शंकर पोखरेल](https://www.sutranews.com/wp-content/uploads/2022/01/1640521683_shankar-pokharel-1200x560-1.jpg)
काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले जनताको पहिलो पार्टी बनेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टी बनेको बताए ।
उनले चौतर्फी घेराबन्दीकाबीचमा पनि अध्यक्ष ओलीले अत्यधिक मत ल्याएर ‘म्यान अफ दी इलेक्सन’ बनेको पनि बताए । जनताले एमालेलाई तत्काल सरकारमा जाने म्यान्डेट नदिएको भन्दै उनले प्रतिपक्षमा बस्ने बताए ।
“एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उाले भने, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।” अहिले पाँच दलीय गठबन्धन सरकार गठनको तयारीमा भएको तर त्यसभित्र पनि कुनै पनि दललाई बहुमत प्राप्त नभएको उनको भनाई छ । उनले वर्तमान गठबन्धनको लक्ष्य, उदेश्य, नीति के हो भन्ने अहिलेसम्म खुल्न नसकेको भन्दै यो स्वार्थीहरुको झुण्ड भएको बताए ।