काठमाडौं – नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु राणा देउवाले नयाँ सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा हुने दाबी गरेकी छिन् । प्रधानमन्त्री देउवाकी पत्नी समेत रहेकी उनले आइतबार यस्तो कुरा बताएकी हुन् । निर्वाचन आयोगमा निर्वाचित भएको प्रमाणपत्र लिन पुगेकी उनले नयाँ सरकारको नृतृत्व कांग्रेसले नै गर्ने बताइन्
जितेर आएका अरु दलको दाबी स्वाभाविक भएको भन्दै उनले ठुलो दल कांग्रेस बाटै नयाँ प्रधानमन्त्री हुने दाबी गरिन् । उनले भनिन् मलाई ज्योतिषी ज्ञान आउँदैन। तर, अहिले हेर्दा शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ। ठूलो दल पनि हाम्रै छ।
नयाँ सरकार गठनको लागि अहिले गठबन्धन दलभित्रका शिर्ष नेताहरुको दौडधुप बढिरहेको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि देउवासमक्ष आफू प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव गरिसकेका छन् । देउवा पनि फेरि प्रधानमन्त्री बन्ने जोडबलमै लागिरहेका छन् ।