देउवा पत्नी आरजुले भनिन्- मलाई ज्योतिष आउँदैन तर अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो-Sutra News

देउवा पत्नी आरजुले भनिन्- मलाई ज्योतिष आउँदैन तर अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो

आइतबार, ३ पौस २०७९

आइतबार, ३ पौस २०७९

काठमाडौँ ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आउँदो प्रधानमन्त्री बन्ने दाबी गरेकी छन् ।



आज आइतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य राणाले आउँदो प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् ।

उनले भनिन्, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै सङ्ख्या पनि हामीसँगै छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट