![arju_rana_ySxzJhAX1U](https://www.sutranews.com/wp-content/uploads/2022/12/arju_rana_ySxzJhAX1U.jpg)
![संख्या धेरै छ, अबको प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै हो- आरजु राणा](https://www.sutranews.com/wp-content/uploads/2022/12/arju_rana_ySxzJhAX1U.jpg)
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजुले अबको प्रधानमन्त्री पनि देउवा नै हुने बताएकी छन् ।
बधाई ज्ञापन कार्यक्रममा हिजो आइतबार बोल्दै देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताउंदै संसदीय दलको नेता उनी नै बन्ने र प्रधानमन्त्री पनि देउवा नै बन्ने आरजुको दाबी रहेको छ ।
‘जितेर आउनुभएको छ । उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो । तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ । त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै संख्या पनि हामीसँगै छ ।‘ उनले भनिन् ।