काठमाडौं – लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्यो । विश्व कपको उपाधि जितेपछि मेस्सी आफ्नो परिवारसँग उत्सव पनि मनाए ।
जितपछि श्रीमती एन्टोनेला राकुजोसहित तीन सन्तानहरुसँग उनले तस्बिर खिचे । जितपछि खुसी भएकी मेस्सीकी श्रीमती एन्टोनेलाले दौडदै गएर मेस्सीलाई चुमिन् । सन्तानले पनि विश्वकपको सँग तस्बिर खिचाए । आफूहरु रमाएको तस्बिर एन्टोनेलाले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
मेस्सी धेरैबेर परिवारसँग झुमिरहे । त्यति माश होइन उनी नाचे पनि । अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो ।