नयाँ प्रधानमन्त्रीबारे गठबन्धनमा छलफल हुँदैछ, सात दिनभित्रै टुंग्याउँछौं – प्रचण्ड-Sutra News

नयाँ प्रधानमन्त्रीबारे गठबन्धनमा छलफल हुँदैछ, सात दिनभित्रै टुंग्याउँछौं – प्रचण्ड

सोमबार, ४ पौस २०७९

सोमबार, ४ पौस २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीबारे गठबन्धनमा छलफल भइरहेको बताएका छन् । सोमबार चितवन पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै यस्तो बताउका हुन् । उनले सात दिनभित्रै गठबन्धनबाटै सरकार गठन हुने बताए ।



नयाँ प्रधानमन्त्रीबारे गठबन्धनमा छलफल भइरहेको तर को प्रधानमन्त्री बन्ने भन्ने टुंगो नलागेको उनले बताए । उनले भने ‘नयाँ प्रधानमन्त्रीबारे गठबन्धनमा छलफल गर्छौं र टुंग्याउँछौं। अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन। मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वाभाविक भए पनि बाहिर भनेजस्तो दाबी गरेको छैन।

उनले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको बताए । एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट