![prachnda](https://www.sutranews.com/wp-content/uploads/2022/09/prachnda-scaled.jpg)
![प्रचण्ड भन्छन् – गठबन्धन बनाउँदै नै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो](https://www.sutranews.com/wp-content/uploads/2022/09/prachnda-scaled.jpg)
चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उनले गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा सहमति भएको दाबी गरेका हुन् ।
गठबन्धन बनाउँदा आलोपालो प्रधानमन्त्री हुने अलिखित सहमति भएको दाबी गरेका प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनभित्र छलफल भएको बताए ।
यद्यपि, प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा प्याकेजमा सहमति खोजेर गठबन्धन अघि बढ्ने प्रचण्डको भनाइ छ । आफू प्रधानमन्त्री हुनुपर्छ नै भन्ने कुनै अडान नरहेकोसमेत बताएका प्रचण्डले गठबन्धनभित्र छलफल गरेर शक्ति बाँडफाँट गर्दै अघि बढ्ने जानकारी दिए ।