![madhav jhal](https://www.sutranews.com/wp-content/uploads/2022/12/madhav-jhal.jpg)
![एकीकृत समाजवादीका सांसदहरूले गरे बधाई साटासाट (फाेटाेसहित)](https://www.sutranews.com/wp-content/uploads/2022/12/madhav-jhal.jpg)
काठमाडौं । एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका छन् । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जितेको छ । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।