![OLYMPUS DIGITAL CAMERA](https://www.sutranews.com/wp-content/uploads/2022/02/dr_ck_raut.jpg)
![डा सिके राउत जनमत पार्टीको संसदीय दलको नेतामा चयन](https://www.sutranews.com/wp-content/uploads/2022/02/dr_ck_raut.jpg)
काठमाडौँ – जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन भएका छन् । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।
डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।