वामपन्थी सरकार जनता अल्मल्याउने कुरा मात्र भएको – माधव नेपाल-Sutra News

वामपन्थी सरकार जनता अल्मल्याउने कुरा मात्र भएको – माधव नेपाल

सोमबार, ४ पौस २०७९

सोमबार, ४ पौस २०७९

काठमाडौं – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी सरकार जनता अल्मल्याउने कुरा मात्र भएको बताएका छन् ।



सोमबार पार्टीबाट निर्वाचित सांसदहरूको शुभकामना कार्यक्रममा बोल्दै नेपालले सो कुरा गरेका हुन् । वामपन्थी दलहरू एक भएर सरकार बन्न नसक्ने भन्दै उनले सरकार बनाउने बिषयमा कुराकानी भइरहेको बताए । उनले प्रचण्डसँग आफ्नो यस बिषयमा निरन्तर टेलिफोन संवाद भएको पनि बताए ।

उनले भने – ‘कस्तो सरकार बन्ला भनेर चर्चा छ । वापन्थी दलहरू मात्र मिलेर सरकार बनाउने कुरा पनि छ । वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र हो ।’ उनले आम निर्वाचनमा अन्य दलहरूले नोक्सानी ब्यहोर्दा पनि कांग्रेसलाई फाइदा पुगेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट