![rajendra-lindeng](https://www.sutranews.com/wp-content/uploads/2022/03/rajendra-lindeng.jpg)
![निर्वाचनको परिणामबाट राजेन्द्र लिङ्देन सन्तुष्ट, भन्छन् – ‘मन्त्री खानका लागि कुनै नेताको घर धाउनेछैन’](https://www.sutranews.com/wp-content/uploads/2022/03/rajendra-lindeng.jpg)
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नरहेको बताएका छन् । सोमबार पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो कुरा गरेका हुन् ।
निर्वाचन परिणाम आफूले सोचेजस्तो नआएको भन्दै परिणाम आउने बितिकै आफुले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केहि समस्या आउने देखेर पछि हटेको उनले बताए ।
उनले राम्रो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसावले आफुले लिने पनि बताए । आफुहरु मन्त्री खानका लागि कुनै नेताको घर नधाउने भन्दै उनले कुनै पार्टीको पुच्छर बनेर नहिड्ने पनि बताए ।