लियोनल मेस्सीः आजको संसारका सर्वकालिक महान् खेलाडी-Sutra News

लियोनल मेस्सीः आजको संसारका सर्वकालिक महान् खेलाडी

सोमबार, ४ पौस २०७९

सोमबार, ४ पौस २०७९

काठमाडौं– कतारको लुसैल रङ्गशालामा आइतवार लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए। आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे।



परम्परागत अरबी पहिरनमा यी ३५ वर्षीय आर्जेन्टिनी नायकले आफ्नो खेलजीवनमा निकै प्रतीक्षा गरिएको विश्वकप उचाल्नुअघि आफ्ना हत्केला रगडे।

आतसबाजी भइरहेको बेला उनले विश्वकप उचालेर हर्षोल्लास मनाए।

मेस्सीले आफ्नो सपना पूरा गरे। धेरैले विश्वकप इतिहासमै हालसम्मकै उत्कृष्ट भनिरहेको फाइनलमा उनले कपहरूको सङ्कलनमा रहेको अभावलाई पूर्ति गरे।

सातवटा बलोन डी’ओर, चारवटा च्याम्पीअन्स लीग, एउटा कोपा अमेरिका, स्पेनी क्लब बार्सिनोलाबाट १० वटा ला लिगा र पीएसजीबाट फ्रान्सेली लीगको उपाधिसँगै विश्वकप पनि उनको उपलब्धिको सूचीमा थपिएको छ।

यो उपाधिलाई मेस्सीका करोडौँ समर्थकहरूले उनी फुटबलका सर्वकालिक महान् खेलाडी हुन्न भन्ने प्रमाणका रूपमा प्रस्तुत गर्नेछन्।

विश्वकपको पन्ध्र इन्च अग्लो स्वर्ण ट्रफीका कारण धेरैले मेस्सी महान् रहेको बताउनेछन्। अनि त्यस तर्कमा विमति राख्नेहरूलाई आफ्नो तर्क पेस गर्न कठिन हुनेछ।

अब मेस्सीलाई पेले र आइतवार लुसैल रङ्गशालामा धेरै आर्जेन्टिनीहरूले बोकेको ब्यानरमा देखिएका अर्का खेलाडीकै पङ्क्तिमा राखिनेछ भन्नेमा कोही असहमत हुन सक्नेछैन।

प्रसिद्ध खेलाडी तथा उनका पूर्ववर्ती डिएगो म्याराडोनालाई उत्कृष्ट खेलाडीको श्रेणीमा एउटा स्वाभाविक बलियो पात्रका रूपमा हेरिन्छ।

आइतवारअघिसम्म उनीहरू दुईबीच एउटा भिन्नता थियो – म्याराडोनाले ३६ वर्षअघि मेक्सिकोमा विश्वकप हात पारेका थिए तर मेस्सीले त्यसो गर्न सकेका थिएनन्।

सर्वकालिक महान् खेलाडीबारेको कुराकानीमा मेस्सी सधैँ रहनेछन्।

विश्वभरि खेलिने यो खेलको उच्च सम्मान हात पारेकाले यसबारेको बहसमा अब मेस्सीको उनको खेलकौशल जत्तिकै बलियो चर्चा हुनेछ।

विश्वकप फाइनलमा एम्बाप्पेले ह्याट्रिक गर्दै खेलको अन्तिम समयसम्म फ्रान्सको उपाधि जित्ने सम्भावना कायम राखेका थिए।

सफलताको यो उच्चबिन्दुमा मेस्सी कसरी पुगे? आर्जेन्टिनालाई विश्वकप जिताउने र मेस्सीको नाम सदाका लागि जोडिनेगरी भएको प्रतिस्पर्धाको उत्कर्षलाई कसरी हेर्ने?

मेस्सीले पक्कै आफू सहभागी भएको सन् २००६ को पहिलो विश्वकपदेखि सन् २०१४ को फाइनलमा जर्मनीसँग पराजित हुँदासम्मको विगतका कारण अहिलेको उपाधि सहजै जितिने खालको नभएको थाहा पाएको हुनुपर्छ।

त्यसैले निकै सकसपछि लुसैल रङ्गशालाको पछिल्लो दर्शनीय रातमा मेस्सीले आर्जेन्टिनाको लागि तेस्रो विश्वकप जिताउँदा त्यो झन् आकर्षक बनेको थियो।

अनि त्यो सबै फ्रान्सका २३ वर्षीय प्रतिभाशाली खेलाडी किलियान एम्बाप्पेको उपस्थितिमा भएको थियो।

यदि अहिले भइसकेको छैन भने पनि उत्कृष्ट खेलाडीको बहसमा आगामी दिनमा एम्बाप्पेको नाम मेस्सीसँगै आउने नै छ।

मेस्सीको विश्वकप यात्राको अन्तिम अध्याय बनेको फ्रान्सविरुद्धको खेलमा सुरुदेखि नै रहस्य र रोमाञ्च देखा परे। निकै उतारचढावहरू आए।

अविस्मरणीय बनेको आइतवार राति उक्त अध्याय निकै राम्ररी समापन भयो।

एक फर्वार्ड वा आक्रमणकारी मिडफिल्डर मेस्सी उत्कृष्ट बल नियन्त्रण र गतिको साथ आशीर्वादित छन्।

बार्सिलोनाले सानै उमेरमा मेस्सीलाई आफ्नो छहारीमा नल्याएको भए मेस्सीको कथा सुरु हुनुअघि नै समाप्त हुन सक्ने थियो। मेस्सीको जन्म अर्जेन्टिनाको रोजारियोमा भएको थियो र उनले बाल्यकालमा फुटबलप्रति ठूलो योग्यता देखाएका थिए।

उनले ग्रान्डोली नामक क्लबमा खेले। उनले आफ्नो अगाडि एक आशाजनक फुटबल करिअर हुने सबै संकेतहरू देखाए तर ११ वर्षको उमेरमा उनलाई महँगो उपचार आवश्यक पर्ने भयो। उनमा बृद्धि हुने हार्मोनको कमी भएको पत्ता लाग्यो।

उनका आमाबाबुले यो खर्च गर्न सकेनन् तर बार्सिलोनाबाट मेस्सीको प्रतिभामा जागरूकताको केही अस्थायी संकेतहरू पछि, उनीहरूले स्पेन जाने निर्णय गरे। मेस्सीले बार्सिलोनाका लागि प्रयास गरे र क्लब यति प्रभावित भयो कि उनको उपचारको लागि रकम तिर्न राजी भयो।

उनी बार्सिलोनाको टोलीमा पनि रोनाल्डिन्हो र स्यामुएल इटोसँगै  चम्किए। मेसी फुटबल जीवनको उत्तरार्धमा त पुगेका छन्। धेरैले अर्जेन्टिनाका लागि मेसीको अन्तिम विश्वकप खेल भने पनि जीतपछि उनले भनेका छन्,‘म फेरि खेल्न चहान्छु।’

सन् २०२६ को विश्वकपमा उनको उपस्थिति हुन्छ या हुन्न त्यो अलग विषय भयो तर मेस्सीले जीवनमा पाउनुपर्ने सफलताको तिर्खा मेटेका छन्। त्यसैले विश्वकप ट्रफि उचालेपछि उनले भनेका छन्,‘भगवानसँग अब माग्नुपर्ने केही छैन।’

(यो खबर बीबसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट भावानुवाद गरिएको हो।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट