काठमाडौं– पैदलयात्री तथा सार्वजनिक स्थानमा रहेका मानिसलाई यौनजन्य इशारा गर्ने ७ जना महिलालाई प्रहरीले बुटबलबाट पक्राउ गरेको छ।
सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई जिस्काउने महिला १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका छन्।
यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई अभद्र व्यवाहारको मुद्दा चलाउने प्रहरीले जनायो।
मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी भएको छ।