मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड-Sutra News

मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

सोमबार, ४ पौस २०७९

सोमबार, ४ पौस २०७९

एजेन्सी – गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको   सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो ।



अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुनरागमनलाई सशक्त बनाएपछि खेल थप रोमान्चक बनेको थियो ।

त्यसपछिको अतिरिक्त समयमा पनि दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । खेलको निर्णय पेनाल्टी सुटआउटमा मात्र भएको थियो जसमा अर्जेन्टिनाले फ्रान्सेली टोलीलाई हराएको थियो ।यसैबीच, गुगलको ‘इयर इन सर्च २०२२’ रिपोर्टअनुसार फिफा वर्ल्ड कप भारतमा तेस्रो धेरै खोजिएको विषय बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट