एकीकृत समाजवादी देशको पहिलो पार्टी बनाउने लक्ष्य लिएर अघि बढ्छ – झलनाथ खनाल-Sutra News

एकीकृत समाजवादी देशको पहिलो पार्टी बनाउने लक्ष्य लिएर अघि बढ्छ – झलनाथ खनाल

सोमबार, ४ पौस २०७९

सोमबार, ४ पौस २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी सरकार बन्ने आधारहरू नेकपा एमालेको नेतृत्वले मोडेको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले वाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताए ।



उनले भने – ‘कुनै एक पार्टीको बहुमत छैन, जनताले मिलेर काम गर भनेका छन् । त्यसैले यति बेला जो कोहीले पनि मिलेर काम गर्नुको विकल्प छैन । सरकार कस्तो बन्छ भन्ने चर्चा छ । वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा पनि गरिरहेका छन्, वामपन्थी सरकार बन्ने आधारहरू हिजोको नेकपा एमालेको नेतृत्वले मोडेको छ । वाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिन्छ ।’

उनले एक हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने पनि बताए । उनले अब आफ्नो पार्टीले देशको पहिलो पार्टी बनाउने लक्ष्य लिएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट