![deuba](https://www.sutranews.com/wp-content/uploads/2022/12/deuba.jpg)
![कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते हुने, मतदान गर्न जाँदा के बोकेर जानुपर्छ ?](https://www.sutranews.com/wp-content/uploads/2022/12/deuba.jpg)
काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन आउँदो पुस ६ गते हुने भएको छ । सोमबार कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुने गरी कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् ।
सार्वजनिक तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुने भएको छ ।
समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । यस्तै मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने छ ।