काठमाडौँ । मङ्सिर ४ गते चुनाव जितेर सांसद बनेका प्रतिनिधि सभाका सांसदहरुले आउँदो बिहिबार शपथ ग्रहण गर्ने भएका छन् ।
संघीय संसद सचिवालयले पुस ७ गते शपथ ग्रहण समारोहको आयोजना गरेको जानकारी दिएको छ ।
प्रतिनिधिसभा बैठक कक्षमा दिउँसो १ बजेदेखि कार्यक्रम शुरु हुनेछ । सांसदहरु ११ बजे नै समारोह स्थलमा उपस्थित हुनुपर्ने सचिवालयले जानकारी गराएको छ ।
उनीहरुलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ७५ बमोजिम ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने छन् ।