![1653810294_prachanda-pushpa-dahal-1200x560](https://www.sutranews.com/wp-content/uploads/2022/08/1653810294_prachanda-pushpa-dahal-1200x560-1.jpg)
![आलोपालो प्रधानमन्त्री बन्ने कुरामा पहिले नै सहमति भइसकेको हो- प्रचण्ड](https://www.sutranews.com/wp-content/uploads/2022/08/1653810294_prachanda-pushpa-dahal-1200x560-1.jpg)
काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमाले दुवैले नयाँ सरकारको गृहकार्य अगाडि बढाएका छन् । सरकार गठनको गृहकार्यमा रहेका दलहरुले नयाँ प्याकेजमै पावर सेयरिङमा छन् । यस्तो प्रस्ताव कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवैतिरबाट छ । दुवैतिरको संवादमा छन् नेकपा माओवादी र एकीकृत समाजवादी सहितका दलहरु ।
सत्ता गठबन्धनको चाँडै बैठक बसेर प्रमुख पद बाँडफाँड गर्ने तयारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चितवन पुगेर गठबन्धनको बैठक बसेर प्रमुख पदहरूबारे प्याकेजमा सहमति गर्ने प्रयास भइरहेको बताएका थिए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुंग्याउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमा टुंगो लगाउने समझदारी भएको बताए ।
नेकपा एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए ।
चुनावपछि गठबन्धन बाहिरका दलहरुसँग समेत कुराकानी भएको प्रचण्डले बताएका छन् । नेकपा एमालेसँग पनि कुराकानी भएको उनी बताउँछन् । तर, एमालेसँग पावर सेयरिङ गर्दै वाम सरकार बनाउने विषयमा एमालेसँग पनि औपचारीक र आधिकारिक रुपमा कुरा नभएको उनले बताए ।
उता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सोमबार आफ्नो पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा प्याकेजमा सहमति गर्न लागेको ‘ब्रिफिङ’ गरेका थिए ।
पावर सेयरिङको विषयमा एमालेले पनि प्याकेजसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग संवाद गरिरहेको स्वमं नेताहरु स्वीकार गर्छन ।
आलोपालो प्रधानमन्त्रीको सहमति भएकै हो : प्रचण्ड
माओवादीले प्रधानमन्त्रीमा दाबी गर्दे आएको छ । सोमबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएकै हो, अहिले पनि यो समझदारी छ ।’
तथापि, समझदारीबाट जिम्मेवारी आयो भने नेतृत्व लिने भन्दै उनले थपे, ‘समझदारीबाट अरुनै हुन पनि सक्छ ।’
गठबन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उनले गठबन्धन बसेर त्यहीँबाट टुंगो लाग्ने पनि बताए । आफूहरु गठबन्धनमा भएको भन्दै उनले गठबन्धन कायम रहने बताए । अगाडि भने, ‘मैैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन ।’
आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको उनको भनाइ छ । उनले भने, ‘तपाईहरुले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन ।’ निर्वाचनपछि सबै दलहरुका बीचमा छलफल भने भइरहेको उनले बताए । अध्यक्ष प्रचण्डले दोहो¥याउँदै भनेका छन्, ‘आफैंँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम गरेको छैन् । ‘जिम्मेवारी आयो भने लिने काम हुन्छ ।’
विसं २०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष प्रचण्डले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताए । समानुपातिकमा केही घटेको तर नेकपा एमाले र नेपाली कांग्रेसको तुलनामा कम घटेको उनले बताए । मध्याह्न दैनिक