दलको नेतामा देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक-Sutra News

दलको नेतामा देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक

मंगलबार, ५ पौस २०७९

मंगलबार, ५ पौस २०७९

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो ।



दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

शेखर कोइराला र गगन थापाले पनि संसदीय दलको नेतामा आकांक्षा राखेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रुपमा अघि सारेका महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन् ।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ । तर, बहमुत सभापति देउवा पक्षलाई रहेकाले शेखर–गगन समूहको बैठक बसेको हो । बैठकमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट