![kp](https://www.sutranews.com/wp-content/uploads/2022/12/kp.jpg)
![ओली भन्छन् – ‘राज्यशत्ता र शक्तिको दुरुपयोग गरेर हाम्रो विजय खोसियो’](https://www.sutranews.com/wp-content/uploads/2022/12/kp.jpg)
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यशत्ता र शक्तिको दुरुपयोग गरेर आफूहरुको विजय खोसिएको बताएका छन् । मंगलबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । आम निर्वाचनमा अपेक्षा गरेको सिट ल्याउन नसके पनि आफूहरुले उत्सव मनाइरहेको उनले बताए ।
उनले आफूहरु हारेको नभई जितेको भन्दै उनले आफूहरु हार्दा आफ्नो उद्देश्य र देशको आकांक्षा हार्ने बताए । उनले भने – ‘हामी हारेका छैनौं, हामीले जितेका छौं, हामीले हार्नुहुदैन । हामीले हार्दा हाम्रो उद्देश्य हार्छ, देशको आकांक्षा हार्छ, हाम्रो गन्तव्य हार्छ’
यदि एमालेमाथि चौतर्फी हमला नभएको भए देशलाई स्थिरता दिने अवस्थामा आफूहरु हुने उनले बताए । राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भएको भन्दै उनले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाए ।