सभापति देउवालाई उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह-Sutra News

सभापति देउवालाई उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह

मंगलबार, ५ पौस २०७९

मंगलबार, ५ पौस २०७९

काठमाडौं । संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई उम्मदेवारी फिर्ता लिन आग्रह गरेका छन् ।



मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् । उनले देउवालाई शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन आग्रह गरे ।

उनले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभ्याउन समेत आग्रह गरे । कांग्रेसको भविष्यप्रति चिन्ता र परिवर्तनको महसुस गरेर रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि सोच्ने विश्वास लिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट