![Nepali-Congress-Tree](https://www.sutranews.com/wp-content/uploads/2022/05/Nepali-Congress-Tree.jpg)
![कांग्रेस संसदीय दलको नेताको चुनाव आज](https://www.sutranews.com/wp-content/uploads/2022/05/Nepali-Congress-Tree.jpg)
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार चुनाव हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् ।
संसदीय दलको नेताका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ ।
संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।