![_117633824__106288895_bidya1](https://www.sutranews.com/wp-content/uploads/2021/11/117633824__106288895_bidya1.jpg)
![राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने](https://www.sutranews.com/wp-content/uploads/2021/11/117633824__106288895_bidya1.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने छिन् ।
राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।
सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।
४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन् ।