![deuba](https://www.sutranews.com/wp-content/uploads/2022/12/deuba-3.jpg)
![नियम विपरीत मतदान कक्षमै लगियो मोबाइल](https://www.sutranews.com/wp-content/uploads/2022/12/deuba-3.jpg)
काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेताका लागि अहिले मतदान जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान भइरहेको छ । मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान नदिने भनिएपनि मतदान कक्षमा नै मोबाइल लगिएको भेटिएको छ ।
मतदान शुरु हुनुअघि मोबाइल लैजान नपाउने बिषयमा संस्थापन र इतर समूहबीच सहमती भएको थियो । तर नियम विपरीत मतदान कक्षमै मोबाइल लगिएको भेटिएको हो ।
संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन् ।