कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएलगत्तै सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी-Sutra News

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएलगत्तै सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो ।



कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन । कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेत चयन गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिएकी छन् ।

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट