![gagan](https://www.sutranews.com/wp-content/uploads/2022/12/gagan.png)
![देउवालाई चेतावनी दिदै गगनले भने – ‘आलोपालो प्रधानमन्त्रीबारे बन्दकोठामा सहमति भए, त्यसलाई पार्टीले बोक्दैन’](https://www.sutranews.com/wp-content/uploads/2022/12/gagan.png)
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे बन्दकोठामा सहमति भए मान्य नहुने बताएका छन् । बुधबार संसदीय दलको निर्वाचनपछि पत्रकारहरूसँग कुरा गर्दै नेता थापाले देउवालाई यस्तो चेतावनी दिएका हुन् ।
उनले प्रधानमन्त्री र राष्ट्रपतिबारे बन्दकोठामा निर्णय गरिए , त्यो निर्णय व्यक्तिको हुने बताए । यदि यस्तो तरिकाले निर्णय भए पार्टीले त्यसलाई नबोक्ने उनले बताए । पछिल्लो समय देउवाले माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यस बिषयमा समझदारी गरेको चर्चा चलिरहदा थापाले यस्तो बताएका हुन् ।
सरकारको आलोपालोको बिषयमा पारदर्शी निर्णय हुनुपर्ने थापाको भनाई छ । पार्टीभित्र यस बिषयमा छलफल भए पार्टीले बोक्ने उनले बताए । उनले भने – ‘आलोपालो गर्ने समझदारी पार्टीसँग संस्थागत छलफल भएमा बोक्छौं । यसअघि बन्द कोठामा गरेजस्तै भयो भने, कांग्रेसले बोक्दैन । भोलि धोका दियो भन्न मिल्दैन ।’
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहेका देउवा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए ।