![Gagan-Thapa](https://www.sutranews.com/wp-content/uploads/2022/06/Gagan-Thapa-1.jpg)
![गगन थापालाई किन पत्याएनन् आफ्नै समूहका सांसदले ?](https://www.sutranews.com/wp-content/uploads/2022/06/Gagan-Thapa-1.jpg)
काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा पराजित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेताको लागि उम्मेदवारी दिएका थापा पराजित भएका हुन् । बुधबार बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र पाए ।
शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिएका थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ ।
शेखर कोइराला समूहमा रहेका ३१ सांसद र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गरेका थिए । यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई पत्याएको देखिएन । सभापति देउवाले कोइराला र सिटौला पक्षको मत समेत पाएका छन् ।