एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने-Sutra News

एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ ।



बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तको वासलात र गत आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरुमाथी छलफल गरेको थियो ।

उक्त बैठकमा भएको निर्णय अनुसार बैंकले कुनै पनि लाभांश वितरण नगर्ने गरेको हो । बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन ।

सञ्चालक समितिको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट