माओवादी केन्द्रमा संसदीय दलको नेता छान्न ढिलाइ, सरकार बनाउन हतार देखिएनन् दलहरु-Sutra News

माओवादी केन्द्रमा संसदीय दलको नेता छान्न ढिलाइ, सरकार बनाउन हतार देखिएनन् दलहरु

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

काठमाडौं। अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन ।



उल्टै सांसदहरूको शपथ अघि सरकार गठनको आह्वान गरिनु संविधानविपरीत तर्क गरिरहेका छन् । प्रतिनिधिसभामा रहेको तेस्रो दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने बताएको छ ।

प्रत्यक्षबाट १८ र समानुपातिकमा १४ गरी कूल ३२ सांसद रहेको माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्नेमा लगभग निश्चितजस्तै देखिएको छ । माओवादीमा अध्यक्ष प्रचण्डविरुद्ध दलको नेतामा अन्य कुनै नेताको दाबी परेको समेत देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट