शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुगे जनार्दन शर्मा-Sutra News

शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुगे जनार्दन शर्मा

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

काठमाडौं। नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।



बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए । निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालई बधाई दिन बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट