धरानदेखि विभिन्न देश हुँदै हङकङसम्म एजी एक्सप्रेस-Sutra News

धरानदेखि विभिन्न देश हुँदै हङकङसम्म एजी एक्सप्रेस

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

धरान– अम्बाला ग्रुपले हङकङमा मुख्य कार्यालय राखेको एजी एक्स्प्रेस कार्गो र कुरियर सेवालाई विस्तार गर्दै धरानमा शाखा कार्यालय उद्घाटन गरेको छ।



उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष बिजय श्रेष्ठले कार्यालयको हालै औपचारिक उद्घाटन गरेका छन्।

चीन र हड़कङको उद्योगी तथा सप्लायर्सहरुबाट कच्चा पदार्थ तथा तयारी सामार्गी नेपाल निर्यात सुरु गरेको छ। हाल कोरिया, जापान थाईल्याण्डका उत्पादित सामग्रीलाई नेपालसम्म निर्यात गर्दै आइरहेको छ।

विगत २ वर्षको दौरानमा यस कम्पनीले नेपाली उत्पादनहरु मकाउ, चीन, तथा हङकडमा बिक्री गर्दै आएको छ। एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवा हङकङ ,मकाउ सिड्नी, चीन, न्युयोर्क र काठमाडौपछि धरानमा पनि शाखा विस्तार भएको हो।

व्यक्तिगत चीठी, पत्र, पाठशाला, नेपालबाट हङकङ, मकाउ, जापान, टेन्डा युरोप, अस्ट्रेलिया, दुबईलगायतमा पठाउने र चीन तथा हङकङबाट व्यवसायिक रुपमा हवाई सेवा र समुन्द्रीक जहाजबाट आयात निर्यात गर्दै आएको छ।

चीन तथा हङकङबाट नेपालमा इ कमर्स डेल्ली सेवा नेपालको जुनसुकै शहरहरुमा डेलीभरीको व्यवस्था गरिएको यसका प्रमुख तुलसी उप्रेती बताउँछन्।

व्यवसायीको आग्रहमा धरानबाट ड़क मकाउ, युके, अमेरिका, जापानलगायतका विभिन्न मुलुकहरुबाट आफन्तहरुलाई सामान पठाउनुको लागि सहज सस्तो र भरपर्दो सेवाका लागि शाखा विस्तार गरिएको हो।

५ वर्ष भित्र यस कम्पनीलाई २० वटा देश मा कार्यलय स्थापना राख्ने लक्ष्य राखिएको छ ।

उद्घाटनपछि श्रेष्ठले धरानमा लगानी सम्मेलन गर्ने तयारी गरिरहेको अवस्थामा यस्ता व्यवसाय भित्रिनु हर्षको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट