नागरिक उड्डयनमा बम विस्फोट गर्ने धम्कीपछि विमानस्थलमा सुरक्षा अभ्यास सुरु-Sutra News

नागरिक उड्डयनमा बम विस्फोट गर्ने धम्कीपछि विमानस्थलमा सुरक्षा अभ्यास सुरु

बिहिबार, ७ पौस २०७९

बिहिबार, ७ पौस २०७९

नयाँ दिल्ली,७ पस-देशको सबैभन्दा ठूलो नागरिक उड्डयन सुविधालाई बम विस्फोट गर्ने धम्कीपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिआतंकवादी सुरक्षा अभ्यास सुरु गरिएको छ । सामाजिक सञ्जालमा विमानस्थलमा विस्फोट गराउने धम्कीपछि उक्त अभ्यास गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
बुधबार बिहान दिइएको उक्त धम्कीलाई गैर विशिष्ट वा ठगीको रुपमा वर्गीकृत गरिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।



विमास्थलमा वम विस्फोट गराउनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिएको पोस्टबारे विमानस्थल अधिकारीहरुलाई जानकारी गराइएको थियो । पछि च्याट पोस्टलाई सुरक्षा अधिकारीले पत्ता लगाएका थिए । अनुसन्धानपछि उक्त धम्की नक्कली भएको पत्ता लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट