![rabindra mishra - rajendra lingden](https://www.sutranews.com/wp-content/uploads/2021/12/rabindra-mishra-rajendra-lingden.jpg)
![राप्रपामा महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० केन्द्रीय सदस्य थपिए](https://www.sutranews.com/wp-content/uploads/2021/12/rabindra-mishra-rajendra-lingden.jpg)
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० जना केन्द्रीय समितिमा थपिएका छन् ।
महामन्त्री शरद पाठकसहित ४० जना केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । गत असोज १२ गते वरिष्ठ उपाध्यक्ष पद पाएपछि मिश्र राप्रपा प्रवेश गरेका थिए ।
मिश्र राप्रपामा गए पनि उनको पक्षबाट कसले कुन पद पाउने भन्नेबारे भागबण्डा टुंगिएको थिएन । बिहीबार तत्कालीन विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रको पछि लागेका नेता कार्यकर्ताहरूले राप्रपामा समेत स्थान पाइरहेका छन् ।