![babur](https://www.sutranews.com/wp-content/uploads/2022/12/babur.jpg)
![डा. बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता, भट्टराईले राखे यस्तो प्रस्ताव](https://www.sutranews.com/wp-content/uploads/2022/12/babur.jpg)
सिरहा – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार मध्यान्ह भेटघाट भएको हो ।
भेटको क्रममा भट्टराईले आफूहरू पनि सत्ता गठबन्धनअन्तर्गत नै रहेकाले नयाँ सरकार गठन र शक्ति बाँडफाँडमा समेट्न प्रस्ताव गरेका छन् । यस विषयमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको भनाइ छ ।
भट्टराईले पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनु पर्ने बताउँदै आएका छन् ।