चीनमा कोरोना बढेसँगै फेरि भारतमा कडाई गर्न थालियो, सार्वजनिक स्थानमा मास्क लगाउन आह्वान-Sutra News

चीनमा कोरोना बढेसँगै फेरि भारतमा कडाई गर्न थालियो, सार्वजनिक स्थानमा मास्क लगाउन आह्वान

बिहिबार, ७ पौस २०७९

बिहिबार, ७ पौस २०७९

एजेन्सी – भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड–उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् ।  शीर्ष स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर डोज लिन आग्रह गरेका छन् । संक्रमणको स्तरमा कमी आएपछि भारतले यस वर्षको सुरुमा मास्क लगाउने नियमहरू खुकुलो पारेको थियो ।



तर छिमेकी चीनमा मामिलाहरूको वृद्धिले देशलाई सतर्कतामा राखेको छ । पछिल्ला केही महिनाहरूमा भारतले बीएफ ७  का कारण चार वटा कोभिड–१९ मामिलाहरू रिपोर्ट गरेको छ ।

गुजरात राज्यमा तीन र ओडिसामा एक जनामा संक्रमण दखिएको र हाल उनीहरू निको भइसकेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।पछिल्लो समयमा चीनमा कोभिड संक्रमण बढ्दो छ । यसै महिनाको सुरुमा सरकारले शून्य कोभिड नीति हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट