बालुवाटारमा साँझपखको बैठक- प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा लगभग तयार-Sutra News

बालुवाटारमा साँझपखको बैठक- प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा लगभग तयार

बिहिबार, ७ पौस २०७९

बिहिबार, ७ पौस २०७९

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् ।



देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नयाँ सरकारबारे छलफल भएको थियो । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यसअगाडी नै आह्वान गरिसकेकी छन् । योसंगै गठबन्धन सरकार बनाउन रस्साकस्सीमा लागेका छन् ।

गठबन्धनको बैठक भोलि फेरी बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पदका लागि पनि सामान्य छलफल भएको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउने छलफल सकारात्मक भएको स्रोतको दाबी छ ।

योपटक अगाडी प्रचण्डको सहयोगमा देउवा प्रधानमन्त्री बनेका कारण अहिले देउवाले प्रचण्डलाई देउवाले सहयोग गर्नमा सकारात्मक बनेका हुन् ।

यस्तै माओवादी केन्द्रबाट दाहाल संसदीय दलको नेतामा निर्वाचित बनिसकेका छन् । देउवाले सहयोग गरे उनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट