![sapat](https://www.sutranews.com/wp-content/uploads/2022/12/sapat.png)
![सांसदको सपथसँगै प्रतिनिधिसभाको कार्यकाल सुरु](https://www.sutranews.com/wp-content/uploads/2022/12/sapat.png)
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै प्रतिनिधिसभाको गठन भएको छ। गत मंसिर ४ गते भएको निर्वाचनको एक महिनापछि प्रतिनिधिसभाको गठन भएको छ।
प्रतिनिधिसभाको गठनसँगै सांसदहरूले संसद्को जिम्मा पाएका छन्। अब संसद्को काम भनेको संसद् अधिवेशन सुरु गर्ने, नयाँ प्रधानमन्त्रीले विश्वासको मत लिने, सभामुख, उपसभामुखको निर्वाचन गर्ने, संसदीय समिति गठन गर्नेलगायत छन्। सपथ ग्रहण गरेपछि सांसदको सेवा सुविधा पनि प्राप्त हुने भएकाले सांसदको व्यक्तिगत तथा उनीहरूलाई संसदीय दलको खर्च सुविधा प्राप्त हुनेछ। संसद् अधिवेशन सुरु भएपछि संसद्मा आफ्ना भनाइ राख्ने र निर्णयमा सहभागी हुन पाउने भएकाले अब प्रमुख रूपमा संसद् अधिवेशन आह्वानकै प्रतीक्षामा उनीहरू बस्नुपर्ने भएको छ।
नयाँ सरकार गठन भएपछि बस्ने मन्त्रिपरिषद्को बैठकको सिफारिस बमोजिम राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने तयारी छ। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गर्दै १० गतेसम्मको समयसीमा तोकेकी छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवनमा उपस्थित नव निर्वाचित सांसदको बिहीबार १ बजेर १५ मिनेटपछि सपथ ग्रहण कार्यक्रम सुरु भएको थियो।
ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सपथ गराएका थिए। सपथ ग्रहण कार्यक्रममा ज्येष्ठ सदस्यसहित १ सय ७० जनाको उपस्थित थियो भने ४ जना अनुपस्थित थिए। बिहीबार छुटेका कांग्रेसका माया राई, माओवादी केन्द्रका रामकुमार राई, महिन्द्र राय यादव, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई अनुकूलता अनुसार सपथ ग्रहण गराउने संसद् सचिवालयले जनाएको छ। सपथ लिने २८ सांसदले १४ मातृभाषामा सपथ लिएका थिए। सपथ पत्रमा हस्ताक्षर गरेपछि सांसदलाई लोगो लगाउन दिइएको थियो। लोगो लगाएसँगै सपथ ग्रहणको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।
सांस्कृतिक पहिचान गराउने र जुम्लाको शिक्षा स्वास्थ्य र भौतिक विकासका लागि संसदमा आवाज उठाउने बताइन्। कांग्रेसकी सीता गुरुङलगायतले पूर्वीय गुरुङ संस्कृतिको पोषाक लगाएको देखिन्थ्यो भने दैलेखकी कांग्रेस सांसद सीता रानासहितले पश्चिमी मगर संस्कृतिको पोषाक लगाएको देखिन्थ्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीले पूर्वीय थारू संस्कृति झल्कने पोषाक लगाएका थिए। उनले भने, ‘पहिलो पटक संसदमा पाइला टेकेको मैले, जनताको अवस्था बदल्ने र विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्य लिएको छु।’ उनी सुनसरीबाट समानुपातिक निर्वाचित सांसद हुन्। नागरिक दैनिक