बिहानै उठेर तातोपानी पिउनुस्, यी हुन् ६ फाइदाहरु-Sutra News

बिहानै उठेर तातोपानी पिउनुस्, यी हुन् ६ फाइदाहरु

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९

बिहानै उठेर धेरै जनाको बानी चिया पिउने हुन्छ । कतिपयले त बेडमै चिया पिउँछन् ।



तर, बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिलो मनतातो (गरम) पानी पिउनुहोस् । बिहान उठ्नेवित्तिकै गरम पानी पिउनुका धेरै फाइदा छन् ।

जसमध्येका केही फाइदा यहाँ उल्लेख गरिएका छन्,

– बिहानै गरम पानी पिउनाले शरीरको रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ,

– बिहानै मनतातो पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ,

– तपाईंलाई भोक नलाग्ने तथा अरुची हुने समस्या छ भने बिहानै मनतातो पानीमा कागतीको रस, मरिच र नुन हालेर पिउने गर्नुहोस् । यसले तपाईंमा भोक जगाउँछ,

– बिहानै मनतातो पानी पिउनाले कब्जियतको समस्याबाट पनि छुट्करा पाइन्छ । साथै, मनतातो पानीसँग एक दाना स्याउ पनि खान सकिन्छ,

– तपाईंमा जोनी दुख्ने समस्या छ भने पनि बिहान खाली पेट मनतातो पानी पिउँदा राहत मिल्छ,

– बिहानै मनतातो पानी पिउँदा छाला तथा अनुहारमा देखिएको चाउरीपना पनि हटेर जान्छ,

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट