सिके राउतकाे शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण-Sutra News

सिके राउतकाे शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९
फाइल तस्बिर

काठमाडौं – नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।



भाषा आयोगबाट प्रकाशित ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू- २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।

आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित तीन सांसदले मधेशी भाषामा शपथ लिएका थिए ।

राउत लगायतका सांसदहरूको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट