सचिन परियार गम्भिर बिरामी, हातगोडा चल्दैनन्-Sutra News

सचिन परियार गम्भिर बिरामी, हातगोडा चल्दैनन्

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९

काठमाडौं । एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल बनेका सचिन परियार बिरामी परेका छन् । रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानीका कारण भाइरल बनेका सचिन बिरामी भएपछि अस्पताल भर्ना गरिएको हो । उनको हात गोडा चल्न छाडेपछि अस्पतालमा राखेर उपचार शुरु गरिएको बताइएको छ । टिचिङ अस्पतालको आइसीयूमा राखेर उनको उपचार भइरहेको छ ।



उनले राम्ररी बोल्न र हातखुट्टा चलाउन नसकेको चिकित्सकले बताएका छन् । अघिल्लो दिन पिकनिक गएका सचिन सामान्य अवस्थामा देखिएका थिए । तर भोलिपल्ट उनलाई उभिन कठिनाइ भएको स्कुलका शिक्षकहरुले बताएका छन् ।

१२ वर्ष पुगिसकेका सचिनको अनौठो व्यवहारका कारण धेरैले रुचाएका थिए । उनले महानायक राजेश हमाल लगायतका चर्चित कलाकारहरुसँग म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट