चार्ल्स शोभराज १० वर्ष नेपाल फर्किन नपाउने गरी निष्कासित-Sutra News

चार्ल्स शोभराज १० वर्ष नेपाल फर्किन नपाउने गरी निष्कासित

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९

काठमाडौँ । चार्ल्स शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउनेगरी शुक्रवार उनकै देश फ्रान्स पठाइएको छ  ।



उनी नेपालको कारागारबाट आजै रिहा भएका हुन् ।

उनलाई साँझ ६ बजे दोहातर्फ पठाइएको बताइएको छ। दोहाबाट उनी शनिवार प्यारिस पुग्नेछन् ।

सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या र फर्जी राहदानी प्रयोग गरेको अभियोगमा उनलाई छुट्टाछुट्टै मुद्दा चलाइएको थियो। सबैमा उनी दोषी ठहर भएका थिए।

हत्याको अपराधमा उनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको थियो।

पन्चानब्बे प्रतिशत कैद भुक्तान गरिसकेका र उनी मुटुको बिरामी भएको भन्दै बुधवार सर्वोच्च अदालतले शोभराजलाई रिहा गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट