राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई बनेका छन् । हिजो शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् ।
उनले नगद २५ लाख पुरस्कार प्राप्त गरे ।
करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।
टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भएका छन् । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।