![kp oli](https://www.sutranews.com/wp-content/uploads/2022/11/kp-oli.jpg)
![प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्तः ओली](https://www.sutranews.com/wp-content/uploads/2022/11/kp-oli.jpg)
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भएको टिप्पणी गरेका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा प्युठान–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा ओलीले भने,‘प्रचण्डले ढिलो गर्नुभयो। जे काम पनि समयमा गरिएन भने पाइँदैन।’
प्रचण्ड सत्ता गठबन्धनको सरकार बन्दा पहिलो कार्यकालको प्रधानमन्त्री बन्न चहान्छन्। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल छाडेका छैनन्।
प्रचण्डलाई फकाउन कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्णबहादुर खड्का र रामचन्द्र पौडेल खुमलटार पुगेका थिए।